लायन्स क्लबका पदाधिकारीले भेटे राष्ट्रपति पौडेललाई
शुक्रबार, १५ मङ्सिर २०८०, १२ : ५९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहानसहित लायन्स इन्टरनेशनलका पदाधिकारीहरूले भेट गरेका छन् ।
राष्ट्रपति भवन शितलनिवासमा शुक्रबार भएको सो भेटमा अध्यक्ष ब्रायनले जाजरकोटका भूकम्प प्रभावितहरूको लागि तत्कालै सहयोग गरेको र अब शिक्षा, स्वास्थ्य क्षेत्रमा भवनलगायतका संरचना निर्माणमा सहयोग गर्ने जानकारी गराएका थिए ।
राष्ट्रपति पौडेलले लायन्सको मानवीय तथा नैतिक मूल्यसहितका सिद्धान्तबाट आफू प्रभावित भएको बताउँदै भूकम्प प्रभावितहरूको लागि लायन्सको सहयोगप्रति धन्यवाद व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण