नेपालमा पहिलो समलिङ्गी जोडीको मान्यता पाएपछिको खुसी ! (तस्बिरहरू)
काठमाडौँ । नेपालको पहिलो समलिङ्गी जोडीको मान्यता पाएर अस्थायी विवाह दर्ता गरी काठमाडौँ आएकी माया गुरुङले शुक्रवार बिहान ठमेलमा विवाह दर्ता प्रमाणपत्रसहित फोटो खिचाइन् । ६ वर्षअघि हिन्दु परम्परा अनुसार पञ्चेबाजा बजाएर विवाह बन्धनमा बाँधिएका सुरेन्द्र पाण्डे र माया गुरुङले आफ्नो जीवनको अधिकांश समय विवाह दर्ता र आफ्नो पहिचानको लागि लडेरै बिताएका छन् ।
1_TYjyLJgyzU.jpg)
नेपालको कानुनले समलिङ्गीलाई मान्यता नदिने र विवाहबारे पनि मौन रहेकोले आफ्नो अस्तित्वको लागि दुवैले कानुनी लडाइँ सुरु गरेका थिए । केही महिनाअघि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशमा टेकेर लम्जुङ्गको दोर्दी गाउँपालिकाले दुबैलाई विवाह दर्ता गरिदिएपछि यी दुईको लडाइँको एक अध्याय सफल भएको छ ।
_BnT0GoL4RE.jpg)
‘हामीले जति दुःख, भोगाइ र कष्टको सामना गर्यौँ । हामी जस्तै अन्य जोडीले त्यो समस्याको सामना गर्नु नपरोस् भनेर हामी लागि परेका छौँ । हामीले संस्था पनि दर्ता गरेका छौँ । त्यसमार्फत हामी सबैलाई काउन्सिलिङ् दिने र कानुनी सहायताका विषयमा काम गर्ने छौँ’ सुरेन्द्रले भने । बिहे दर्ताको प्रमाणपत्र केवल प्रमाण पत्र मात्रै होइन । उनीहरूको वर्षौं देखिको लडार्इंको पुरस्कार हो । उनीहरुले यौनिक अल्पसङ्ख्यकको लागि लडेको लडार्इंको नतिजा हो, जुन उनीहरूका लागि कुनै ट्रफी भन्दा कम छैन ।
_2V6gAABwRS.jpg)
‘बिहे त हामीले पहिल्यै गरेका हौँ तर अस्ति बिहे दर्ता भएपछि त्यो भन्दा बढी खुसी लागेको छ । हामीले न्याय पाएका छौँ, त्यही भएर पनि मलाई बिहेको दिनभन्दा पनि अस्ति मेरै गाउँमा स्वागत गरेर हाम्रो विवाह दर्ता गरिदिनुभयो त्यो कुराले हामीलाई अझै पनि खुसी बनाएको छ । त्यो बेला समाजमा रहेका सबै पक्ष एकै ठाउँमा आएर भोज खुवाएर खुसीयाली मनाउनुभयो । त्यो बेला निकै खुसीयाली मनाइयो ।’
_5ikgxnm8Fk.jpg)
1_2JYdJRlBYz.jpg)
_KiBejN3t2h.jpg)
_xH30GSJHD3.jpg)
_xwEXkg7Uvy.jpg)
_Hk6jOTCmGm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण