खाद्यले ११ सय २५ रुपैयाँ प्रतिकेजीका दरले च्याङ्ग्रा बेच्ने
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकेजी एक हजार एक सय २५ रुपैयाँका दरले च्याङ्ग्रा बिक्री गर्ने भएको छ । चाडपर्वका लागि ल्याइएका मौज्दात च्याङ्ग्राको बिक्रीका लागि कम्पनीले आज एक सूचना जारी गरेको छ ।
दसैँ र तिहारमा च्याङ्ग्रा नबिकेपछि कम्पनीले सो सूचना निकालेको हो । स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउ पत्र पेस गर्न सक्नेछन् । बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ र न्यूनतम कबोल दर प्रतिकेजी एक हजार एक सय २५ रुपैयाँ निर्धारण गरिएको छ ।
हाल ३० केजी बढीका ९० वटा च्याङ्ग्रा बाँकी रहेको कम्पनीले जनाएको छ । दरभाउ पत्र पेस गर्ने म्याद आगामी पुस १ गते दिउँसो १२ बजेसम्म सूचनामा उल्लेख छ । दरभाउ पत्र सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीको जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण