भुटानी शरणार्थी प्रकरण : उच्च अदालतबाट को छुटे, को थुनिए ? (नामावलीसहित)
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले शुक्रबार आदेश गरेको छ । मंसिर ५ गतेदेखि भएको निरन्तर सुनुवाइपछि शुक्रबार उच्च अदालतले ९ जनालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले प्रतिवादीहरु टेकनारायण पाण्डे, डा.इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको हो ।
त्यसैगरी काठमाडौँ जिल्ला अदालतले थुनामै राख्ने आदेश दिएका प्रतिवादीहरु नरेन्द्र केसीसँग १० लाख, हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियासँग १० लाख, सन्दीप रायमाझीसँग ३० लाख, टेकनाथ रिजालसँग १५ लाख र रामशरण केसीसँग १५ लाख धरौटी माग गरेको छ । उच्च अदालतले माग गरेको धरौटी बुझाएमा उनीहरु थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् ।
त्यसैगरी काठमाडौं जिल्ला अदालतले धरौटी लिई थुनामुक्त गरेको लक्ष्मी महर्जन र केशव तुलाधरलाई साधारण तारेखमै रिहा गर्नेलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । त्यसैगरी पहिले थुनामा पठाइएका आशिष बुढाथोकी र टंक गुरुङलाई पनि साधारण तारेखमै रिहा गर्न आदेश दिएको छ ।
प्रतिवादी बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेश्रो न्यायाधीशको इजलासमा सुनुवाइका लागि पेश गर्ने आदेश भएको छ । तेश्रो न्यायाधीशको आदेशपछि खाँण धरौटीमा छुट्ने वा थुनामै रहने भन्ने आदेश हुनेछ ।
१० दिन लामो निरन्तर सुनुवाइपछि उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गरी शुक्रबार आफ्नो आदेश सुनाएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले यस प्रकरणमा गत असार १ गते आफ्नो आदेश सुनाएको थियो ।
हेर्नुहोस् आदेश अनुसार कसको हकमा के भयो ?
१. टेकनारायण पाण्डे थुनामै
२. डा.इन्द्रजित राई थुनामै
३. टोपबहादुर रायमाझी थुनामै
४. केशवप्रसाद दुलाल थुनामै
५. सानु भण्डारी थुनामै
६. सागर राई थुनामै
७. गोविन्दकुमार चौधरी थुनामै
८. सन्देश शर्मा थुनामै
९. आङटावा शेर्पा थुनामै
१०.नरेन्द्र केसी १० लाख धरौट माग
११. हरिभक्त महर्जनसँग १५ लाख धरौट माग
१२.शमशेर मिया १० लाख धरौट माग
१३. सन्दीप रायमाझी ३० लाख धरौट माग
१४. टेकनाथ रिजाल १५ लाख धरौट माग
१५. रामशरण केसी १५ लाख धरौट माग
१६. लक्ष्मी महर्जन साधारण तारेख
१७. आशिष बुढाथोकी साधारण तारेख
१८. टंककुमार गुरुङ साधारण तारेख
१९. केशव तुलाधर साधारण तारेख
२०. बालकृष्ण खाँण राय बाझिएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण