आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन

शुक्रबार, १५ मङ्सिर २०८०, १८ : १८
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको आज अनुगमन गरेका छन् । भक्तपुरको सूर्यविनायकदेखि जडीबुटीसम्म मन्त्री आफैँले सर्वसाधारण यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गरेका हुन् ।

गत असोज ३ गतेदेखि सुरु भएको उक्त बस सेवामा हाल दैनिक ३६ वटा बस सञ्चालनमा छन् । भौतिक पूर्वाधार मन्त्रालयले हाल रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुटमा सञ्चालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा सञ्चालन गरिने मन्त्री ज्वालाले बताए ।

हाल यी बसहरु पिक आवर बिहान र बेलुका सञ्चालनमा छन् । सो अनुगमन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप