भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन
शुक्रबार, १५ मङ्सिर २०८०, १८ : १८
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको आज अनुगमन गरेका छन् । भक्तपुरको सूर्यविनायकदेखि जडीबुटीसम्म मन्त्री आफैँले सर्वसाधारण यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गरेका हुन् ।
गत असोज ३ गतेदेखि सुरु भएको उक्त बस सेवामा हाल दैनिक ३६ वटा बस सञ्चालनमा छन् । भौतिक पूर्वाधार मन्त्रालयले हाल रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुटमा सञ्चालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा सञ्चालन गरिने मन्त्री ज्वालाले बताए ।
हाल यी बसहरु पिक आवर बिहान र बेलुका सञ्चालनमा छन् । सो अनुगमन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण