कीर्तिमानी जितसँगै भारतलाई शृङ्खाला

रायपुर । चौथो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ । अस्ट्रेलियालाई रायपुरमा हराएपछि भारतले टी–२० सिरिजमा पनि ३–१ को अग्रता बनाउँदै कब्जा जमाएको छ ।
योसँगै टोलीले सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान पनि बनाएको छ । पाकिस्तानलाई पछि पार्दै भारतले आफ्नो १३६ औँ टी-२० जितेको हो । टी–२० मा बराबरी खेले पनि अब सुपर ओभरबाटै नतिजा तय हुन्छ । ती नतिजाहरू पनि जोडिएमा भारतले अहिलेसम्म १३९ र पाकिस्तानले १३६ टी–२० खेल जितेका छन् ।
भारत आफ्नो घरेलु मैदानमा १४ टी–२० सिरिजमा अपराजित छ । टोलीको अन्तिम पराजय सन् २०१९ मा अस्ट्रेलियासँग भएको थियो, जब अस्ट्रेलिया २–० ले विजयी भएको थियो।
शुक्रबारको खेलमा भारतीय टोलीले प्रस्तुत गरेको १७५ रनको लक्ष्यको जवाफमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ३६ रनको योगदान दिए भने ट्राभिस हेडले ३१ तथा म्याथ्यु सर्टले २२ रन बनाए । प्लेयर अफ द म्याच घोषित अक्षर पटेलले ३ तथा दीपक चाहरले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो । टिमका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा १५८.६२ को स्ट्राइक रेटमा रन बनाए । उनको इनिङ्समा ४ चौका र २ छक्का समावेश थियो ।
रिंकुका अलावा ओपनर यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन बनाए । बेन द्वारसले ३ विकेट लिए भने जेसन बेहरेनडर्फ र तनवीर संघाले २/२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै
-
बढ्दो तनावका कारण भारत र पाकिस्तानमा झन्डै ५५० उडान रद्द
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
नेपाल धितोपत्र बोर्डमा पस्यो अख्तियार, उच्च अधिकारीसँग ५ घण्टा सोधपुछ