कीर्तिमानी जितसँगै भारतलाई शृङ्खाला
रायपुर । चौथो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ । अस्ट्रेलियालाई रायपुरमा हराएपछि भारतले टी–२० सिरिजमा पनि ३–१ को अग्रता बनाउँदै कब्जा जमाएको छ ।
योसँगै टोलीले सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान पनि बनाएको छ । पाकिस्तानलाई पछि पार्दै भारतले आफ्नो १३६ औँ टी-२० जितेको हो । टी–२० मा बराबरी खेले पनि अब सुपर ओभरबाटै नतिजा तय हुन्छ । ती नतिजाहरू पनि जोडिएमा भारतले अहिलेसम्म १३९ र पाकिस्तानले १३६ टी–२० खेल जितेका छन् ।
भारत आफ्नो घरेलु मैदानमा १४ टी–२० सिरिजमा अपराजित छ । टोलीको अन्तिम पराजय सन् २०१९ मा अस्ट्रेलियासँग भएको थियो, जब अस्ट्रेलिया २–० ले विजयी भएको थियो।
शुक्रबारको खेलमा भारतीय टोलीले प्रस्तुत गरेको १७५ रनको लक्ष्यको जवाफमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ३६ रनको योगदान दिए भने ट्राभिस हेडले ३१ तथा म्याथ्यु सर्टले २२ रन बनाए । प्लेयर अफ द म्याच घोषित अक्षर पटेलले ३ तथा दीपक चाहरले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो । टिमका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा १५८.६२ को स्ट्राइक रेटमा रन बनाए । उनको इनिङ्समा ४ चौका र २ छक्का समावेश थियो ।
रिंकुका अलावा ओपनर यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन बनाए । बेन द्वारसले ३ विकेट लिए भने जेसन बेहरेनडर्फ र तनवीर संघाले २/२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण