कुच्चिएको थर्मस
उसको शरीर लखतरान देखिन्थ्यो । कागजका गिलास भरिएको झोला भित्ताको काँटीमा झुन्ड्याउँदै उसले सोधी, “बाबा खोइ त ?”
“दिनभरि त कोठामा सुतेर बस्नुभएको थियो, एक घण्टा भयो, कता निस्कनुभयो ।” छोरीले भनी ।
“भाइले खाना खाएर सुतेको हो ? बाबाले नि ?” उसले सोधी ।
“भाइले खायो, बाबाले खान्न भन्नुभएको छ । हात धोएर आउनु, म खाना तातो बनाउँछु,” छोरीले भनी ।
“सिल्पट पोइ परेपछि ज्यादै दुःख पाइने रहेछ । दिउँसो कोठामा सुतेर बसेर अहिले कता बरालिएका होलान् ।” हातखुट्टा धुँदै एक्लै कराउन थालिन् ।
भित्र पस्दा छोरीले खाना तातो बनाएर पस्किसकेकी थिइन् । “बिहानै बेलुकै काम गर्दा त ज्यान त बोरामा राखेर कुटे जस्तो हुँदो रहेछ,” उसले भनी ।
“बिहान बाबा गए पनि हुने नि,” आमाको दुःख देखेर छोरीले भनी ।
खाना खाएर सुत्ने बेलामा बाकसमा राखेको पैसा नदेखेपछि छोरीलाई सोधी, “यहाँको पैसा कता गएछ छोरी ?”
“मलाई त थाहा भएन,” छोरीले भनी ।
“तिम्रै बाबाको काम त होला नि । भोलि अब के गरेर चियापत्ती र चिनी किन्ने हो ?” उसले भनी ।
उसको नजर आफूले राखेको थर्मसमा प¥यो । कुच्चिएको थर्मस देखेर एक घण्टा अघि तालको छेउमा चिया बेच्न नदिएर प्रहरीले लखेट्दा लडेको याद आयो ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण