शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चण्डीगढबाट चुनाव लड्ने चर्चाबिच कंगनाले के भनिन् ?

शनिबार, १६ मङ्सिर २०८०, ०७ : ५३
शनिबार, १६ मङ्सिर २०८०

चण्डीगढ । केही समययता अभिनेत्री कंगना रनौतले भाजपाको टिकटमा चण्डीगढबाट लोकसभा चुनाव लड्ने चर्चा चलिरहेको थियो । शुक्रबार अभिनेत्री कंगना आफैँले यी अफवाहको अन्त्य गरिन् । 

कंगनाले आफ्नो इन्स्टाग्राममा चुनाव लड्ने खबरको खण्डन गर्दै त्यस्ता समाचारलाई अड्कलबाजी भनेकी हुन् । लोकसभा चुनाव नजिकिँदै गर्दा टिकटका धेरै दाबेदारहरू आउन थालेका छन् । भाजपा र आम आदमी पार्टीमा धेरै नामको चर्चा भइरहेको छ। तर, पार्टीका वरिष्ठ नेताहरू अहिले अनुमान मात्रै भइरहेको बताउँछन् । यी कुरामा कुनै सत्यता नभएको उनीहरूको भनाई छ । केही दिनअघि कंगना भाजपाबाट र अभिनेत्री परिणीति चोपडा आम आदमी पार्टीबाट चुनाव लड्ने हल्ला फैलिएको थियो ।

शुक्रबार धेरै राष्ट्रिय च्यानलहरूले यी समाचारहरू चलाउँदा यी अफवाहहरूले गति लिए । त्यसपछि कंगना आफै अगाडि आएर यसको खण्डन गरिन् । कंगना रनौतले आफ्नो इन्स्टा अकाउन्टमा चण्डीगढ लोकसभा सीटबाट चुनाव लड्ने सम्बन्धमा बयान जारी गरेकी छिन् । कंगनाले चुनाव लड्ने कुनै पनि चर्चा वा समाचार अफवाह भएको बताएकी छन् । आफूले चुनाव लड्ने बारे आएका सबै समाचार अड्कलबाजी मात्र भएको उनको जिकिर छ। कंगनाले लेखेकी छिन्, ‘मेरा आफन्त र साथीभाइले उक्त समाचारको हेडिङलाई मेरो कथन मानेर पठाइरहेका छन् । तर हेडिङ मेरो भनाई होइन, यो सबै अनुमान हो ।

कंगना आफ्नो बोल्ने शैलीका लागि परिचित छिन् । कंगना विभिन्न विषयमा खुलेर कुरा गर्छिन् । र, यही कारणले गर्दा उनको भनाइले उनलाई अक्सर विवादमा ल्याइदिन्छ । कंगनाको भनाइ धेरैलाई मन पर्दैन र उनलाई गलत भन्दै कडा विरोध गर्छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप