बुटवलमा आजदेखि नेपाली कांग्रेसको प्रदेश सम्मेलन हुँदै
बुटवल । नेपाली कांग्रेसको आज देखि बुटवलमा प्रथम प्रदेश सम्मेलन हुने भएको छ । आज र भोलि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रदेश सभापति अमरसिंह पुनले बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको रातोपाटीलाई बताए । उनले र प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने बताए ।
सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन् ।

प्रतिवेदन , सागठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् ती प्रतिवेदन माथि प्रतितिधीहरुको छलफल पछि पार्टी आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण