इमरान खानको पार्टीको नयाँ अध्यक्ष बने ब्यारिस्टर खान
शनिबार, १६ मङ्सिर २०८०, १३ : ३६
इस्लामाबाद । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीको नयाँ अध्यक्षमा ब्यारिस्टर गौहर अली खान निर्विरोध निर्वाचित भएका छन् । उनलाई जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पार्टीका पूर्व अध्यक्ष इमरान खानले मनोनयन गरेका थिए । हाल इमरान खान रावलपिंडीको अदियाला जेलमा छन् ।
अध्यक्षमा निर्वाचित भएपछि गौहर अली खानले भने, ‘म पदमा रहेसम्म इमरान खानको प्रतिनिधित्व गर्नेछु ।’ उनले इमरान खान आजीवन पीटीआईको अध्यक्ष थिए, छन् र रहने बताएका छन् ।
गौहरले अध्यक्ष पद आफूसँग नासोको रूपमा रहेको र इमरान खान जेलबाट बाहिर आउनेबित्तिकै आफूले हस्तान्तरण गर्ने बताए । इमरान खान लामो समयदेखि जेलमा रहेकाले यसअघि निर्वाचन आयोगले पार्टीलाई अध्यक्ष पदका लागि निर्वाचन गराउन २० दिनको समय दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण