नयाँ पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्नुहुन्न : भुसाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेताहरूलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । अबको नयाँ पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुने महासचिव भुसालको तर्क थियो ।
शनिवार काठमाडौँमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तर्विरोध’ विषयक विचार गोष्ठीमा बोल्दै उनले मुलुकको राजनीति नेताहरूले बिगारेको भए पनि नयाँ पुस्ताले उनीहरूलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने पटकपटक दोहोर्याए । महासचिव भुसालले मार्क्सवादको झन्डा नेताहरूले पपुलिष्टहरुलाई लगेर बुझाएकाले समाजवाद निर्माणका लागि फेरि मार्क्सवादी पद्धतिमै फर्कनुको विकल्प नभएको बताए ।
उनले भने, ‘अहिले राजनीतिको जुन हावा चलेको छ । हावा चल्नुको केही खास कारण छन् । किनभने राजनीति हामीले नै बिगार्यौं । माथि गएकाले बिगार्यौं । यो क्रान्तिको झन्डा पपुलिष्टहरुलाई लगेर बुझाएको हामीहरू ले नै हो, हाम्रा नेताहरूले नै हो । अब इतिहासमा यी नेताहरूलाई गाली गरेर कुने जेनेरेसनले आफ्नो पिँढीको औचित्य पुष्टि गर्न सक्दैन । अब नेतालाई गाली गर्ने समय पनि सकियो होला । यो गाली मात्रै गर्दा खेरी त हाम्रो जिन्दगी गाली गरेर मात्रै जाने भयो । त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ ।’
महासचिव भुसालले मुलुकमा सामन्तवाद नभएको तर पनि कम्युनिस्ट नेताहरूले त्यसैमाथि प्रहार गर्ने गरेको भन्दै त्यस्तो विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण