उपत्यका वरपरका जिल्लामा विकासको समय आएको छ : अर्थमन्त्री डा. महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौँ वरिपरिका जिल्लाको समय आएको बताएका छन् । शनिबार पन्चकन्या गाउँ पालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
‘राजधानी काठमाडौँसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो’, उनले भने, ‘त्यहाँका अगुवाहरूले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर काठमाडौँ वरिपरिकाको आम्दानीको मूल श्रोत जग्गाजमिन थियो ।’
उनले भने, ‘काठमाडौँमा राणाहरूको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिहरूले चाकरी गरेबापत पुरस्कारका रूपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौँ पुर्याउने सक्ने ठाउँको जमिन उनीहरू माग्थे । काठमाडौँसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौँ बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भए ।’
काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जनी गर्ने र ठुलो हिस्सा काठमाडौँ पुर्याउने काममा केन्द्रित रहे । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको अर्थमन्त्री डा. महतको भनाई छ । उनले भने, ‘काठमाडौँको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए ।’
मन्त्री डा. महतले अब काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्ने बताए । काठमाडौँ–छहरे सुरुङ मार्गको काम भइरहेको उनले बताए । उनले यो आयोजनाका लागि एक अर्ब बजेट पनि राखेको उनले बताए । ‘सुरुङ मार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन,’ उनले भने ।
सरकारले बजेट राखे पनि आयोजना बन्ने ठेगान नभएको भन्ने बुझाई स्थानीयमा रहेको समेत अर्थमन्त्री डा. महतले बताए । ‘साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन,’ उनले भने, ‘त्यसका लागि भौगर्भिक अध्ययन चाहिन्छ । यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण