सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्स डुबाउने खेल भइरहेको भन्दै कर्मचारी आन्दोलित, कार्यकारी अधिकृतलाई प्रवेश निषेध

आइतबार, १७ मङ्सिर २०८०, १७ : ०१
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । नेपाल एयरलाइन्सका कर्मचारीले आजदेखि संस्था डुबाउने खेल भइरहेको भन्दै आन्दोलन थालेका छन् ।  वायुसेवा निगमका कर्मचारीले नेतृत्वले संस्था डुबाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका कर्मचारीले संस्थालाई डुबाउने योजना बनाएको भन्दै प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीलाई प्रवेश निषेध नै गरेको छ । आन्दोलनरत कर्मचारीले नेपाल वायुसेवा निगम नेपाली जनताको साझा सम्पत्ति भएकाले यसलाई डुब्नबाट रोक्नुपर्ने समेत बताएका छन् ।

आन्दोलरत कर्मचारीले प्रमुख कार्यकारी अधिकृतलाई हालसम्म कार्यालय प्रवेश गर्न दिएका छैनन् । यसबारे बुझ्न गरिएको सम्पर्कमार्फत नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलसँग कुराकानी हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप