टीआर फोरमा द्रुत रूपमा कार्य हुन सकेन : मन्त्री भुसाल
काठमाडौ । केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाती (टीआर फोर) मा द्रुत रूपमा कार्य हुन नसकेको कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले बताएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क ) अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रको एक कार्यक्रमलाई सम्बोधन गर्दै टीआर फोर रोगको पहिचान, व्यवस्थापन र नियन्त्रणमा आश बमोजिम कार्य हुन नसकेको मन्त्री भुसालले गुनासो गरेका हुन् ।
नार्कले टीआर फोरमा अनुसन्धानको कार्यलाइ अझै सगन बनाउनु पर्ने उनले सुझाए । तालीममा सहभागी प्राविधिकले तत्काल सो रोगको पहिचान , व्यवस्थापन र नियन्त्रणमा लाग्न अनुरोध समेत गरे ।
देशभरबाट समत्ने गरि २५ बढी प्राविधिकलाई गत शुक्रबारबाट नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सो रोगको पहिचान, व्यवस्थापन, नियन्त्रणकालागि तालीम दिएको छ । ्
प्रदेश अन्तर्गत बाली संरक्षण प्रयोगशाला,कृषी विश्वविद्यालय र विभिन्न अनुसन्धान केन्द्रबाट प्राबिधिकहरुको सहभागिता थियो । पानामा रोग गत साउनमा कैलालीको टिकापुरमा पहिलो पटक देख परेको थियो । हाल नवलपरासी जिल्लामा पनि पानामा रोग देख परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण