बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टीआर फोरमा द्रुत रूपमा कार्य हुन सकेन : मन्त्री भुसाल

आइतबार, १७ मङ्सिर २०८०, १७ : ५८
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौ । केरामा लाग्ने  पानामा रोगको नयाँ प्रजाती (टीआर फोर) मा द्रुत रूपमा कार्य हुन नसकेको कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले बताएका छन्  । राष्ट्रिय कृषि  अनुसन्धान परिषद् (नार्क ) अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रको एक कार्यक्रमलाई सम्बोधन गर्दै टीआर फोर रोगको पहिचान, व्यवस्थापन र नियन्त्रणमा आश बमोजिम कार्य हुन नसकेको मन्त्री भुसालले गुनासो गरेका हुन् । 

नार्कले टीआर फोरमा अनुसन्धानको कार्यलाइ अझै  सगन बनाउनु पर्ने उनले सुझाए । तालीममा सहभागी प्राविधिकले तत्काल सो रोगको पहिचान , व्यवस्थापन र नियन्त्रणमा लाग्न अनुरोध समेत गरे । 

देशभरबाट समत्ने गरि २५ बढी प्राविधिकलाई  गत शुक्रबारबाट नेपाल कृषि  अनुसन्धान परिषद् (नार्क) ले सो रोगको पहिचान, व्यवस्थापन, नियन्त्रणकालागि तालीम दिएको छ । ्

प्रदेश अन्तर्गत बाली संरक्षण प्रयोगशाला,कृषी विश्वविद्यालय र विभिन्न अनुसन्धान केन्द्रबाट प्राबिधिकहरुको सहभागिता थियो । पानामा रोग गत साउनमा  कैलालीको टिकापुरमा पहिलो पटक  देख परेको थियो । हाल नवलपरासी जिल्लामा पनि  पानामा रोग देख परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप