मुस्ताङमा सिजनको पहिलो हिमपात
सोमबार, १८ मङ्सिर २०८०, ०९ : ४६
पोखरा । हिमाली जिल्ला मुस्ताङमा हिमपात भएको छ । यो सिजनको पहिलो पटक हिमपात भएको हो ।
हिमपातसँगै किसान खुसी भएका छन् । मुस्ताङवासीहरुले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास राख्छन् । `हिमपातले हिमाली जिल्लामा राम्रो गर्छ । अहिलेसम्म धुलोधुवाँ, हावाहुरी चल्यो । हिमपातपछि मौसमलाई ब्यालेन्स गर्छ,´ लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट भन्छन्, `किसानलाई झन् राम्रो हुन्छ ।´
मुस्ताङमा सिजनको पहिलो हिमपात pic.twitter.com/ePB4GZWFaq
— RatoPati (@Rato_pati) December 4, 2023
चिसोबाट जोगिन उनले सबैसँग आग्रह गरेका छन् । मुस्ताङवासीहरु चिसो छल्न बेसी झरिसकेका छन् । कोरला नाका खुलेकोले व्यवसाय गर्नेहरू चाहिँ उत्तरी मुस्ताङमै छन् । हिमपातले डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण