शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा ओलीले गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

सोमबार, १८ मङ्सिर २०८०, १० : ११
सोमबार, १८ मङ्सिर २०८०

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आइतबार दैलेख पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका आली सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् । 

त्यसक्रममा अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ उत्खननका बारेमा स्थानीयसँग जानकारी लिनुका साथै श्रीस्थान मन्दिरको दर्शन समेत गरेको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको पाँचौँ दिन एमालेले आज सोमबार सुर्खेतमा जनसभा गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप