फिलिपिन्स विश्वविद्यालयमा विस्फोट हुँदा ४ जनाको मृत्यु, दर्जनौँ घाइते

फिलिपिन्स । दक्षिणी फिलिपिन्सको लानाओ डेल सुर प्रान्तको मारावी सहरस्थित मिन्डानाओ स्टेट युनिभर्सिटीको जिमभित्र भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएको स्थानीय सेना र प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार आइतबार ७ बजे विद्यार्थी र शिक्षक जिम भित्र क्याथोलिक मासका लागि भेला भएका बेला विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।
सेनाको पहिलो इन्फन्ट्री डिभिजनका कमान्डर मेजर जनरल गेब्रियल विरेले मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको बताए । उनले स्थानीय मिडिया जीएमए नेटवर्कले स्थानीय अस्पताल स्रोतलाई उद्धृत गर्दै मृत्यु हुनेको सङ्ख्या ११ पुगेको बताएको छ ।
इम्प्रोभाइज्ड विष्फोटक पदार्थबाट विस्फोट भएको हुनसक्ने प्रहरीले जनाएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले घातक बम विस्फोटको निन्दा गर्दै विस्फोटको दोष विदेशी आतंकवादी समूहलाई दिएका छन् । फिलिपिन्सको सशस्त्र बल (एएफपी) प्रमुख जनरल रोमियो ब्राउनरले सेनाले निरन्तर अध्ययन गरिरहेको र अपराधी चाँडै पत्ता लाग्ने बताए । विश्वविद्यालयले अर्को सूचना नभएसम्मका लागि कक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । राजधानी र मिन्डानाओ टापुको सबैभन्दा ठुलो सहर लानाओ डेल सुरको क्याम्पसको सुरक्षाका लागि थप सुरक्षाकर्मीहरू खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार