'गाजा ‘मानवताको सबैभन्दा अन्धकार समय’ मा पुगेको छ'
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको मङ्गलबार बताएको छ ।
हमासको लडाकू समूहले अक्टोबर ७ मा गरेको हमलापछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासको हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमासले करिब दुई सय ४० बन्धकलाई गाजामा ल्याएको थियो ।
इजराइलले हमासलाई समाप्त पार्ने र सबै बन्धकको मुक्ति सुनिश्चित गर्ने वाचा गरेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धमा गाजामा करिब १५ हजार नौ सय मानिस मारिएको बताएको छ ।
कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा डब्लुएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले मङ्गलबार दक्षिणी गाजापट्टीको राफाबाट भिडियो लिङ्कको माध्यमबाट जेनेभामा पत्रकारहरूसँग मध्य र दक्षिणी गाजाबाट आउने मानिसको सङ्ख्या अत्यधिक बढेको बताए ।
इजराइली सेनाले मङ्गलबार दक्षिणी गाजामा हमास लडाकूसँग युद्ध सुरु गरेको छ । युद्धले सर्वसाधारण घेरामा परेको प्यालेस्टिनी क्षेत्रलाई निरन्तर खुम्च्याएको छ । प्रारम्भमा उत्तरी गाजामा ध्यान केन्द्रित गरेपछि इजराइली सेनाले अहिले दक्षिणमा स्थल सेनालाई पठाएको छ र सर्वसाधारणलाई त्यहाँबाट हट्न आग्रह गरेको छ ।
“स्थिति प्रत्येक घन्टा बिग्रिँदै गइरहेको छ, यहाँ दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ, धेरै मानिस हतास छन् र करिब सबै मानिस आघातको अवस्थामा छन्”, पिपरकोर्नले भने, “हामी मानवताको सबैभन्दा अन्धकार घडीको नजिक छौँ, यो बमबारी र जीवनको मूर्खतापूर्ण क्षति रोकिनु पर्छ र हामीलाई दिगो युद्धविरामको आवश्यकता छ ।”-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण