कविता : सयौँका भरोसा
जनता शोकमा भएको बखत
उनले टीका लगाएनन्
जनता दुःखमा भएको बखत
उनले सुखको सहर रोजेनन्
भूकम्पले थलिएका जनतासँगै उनले दुःख साटे
खुला आकाशमा रहेका जनतालाई मुन्टो लुकाउने छाना बनाए
आफैँ पसिना बगाएर
आफैँ बेल्चा चलाएर
आफैँ बन्चरो उदाएर
आफैँ हतौडा बोकेर
बस्तीको आगनमा छिरे
बस्तीमा आशाको किरण बनी उदाए
प्रलयले निस्सासिएको दाजुभाइसँगै उभिएर
उनले घोषणा गरे
यो प्रलयलाई जित्छौँ हामी
उनी श्रमको हतियार लिएर मैदानमा उत्रिए
उनी डकर्मी बनेर उत्रिए
उनी सिकर्मी भएर उत्रिए
उनी मजदुर भएर उभिए
उनी सिपाही भएर उत्रिए
उनी आशा र भरोसाको केन्द्र बनेर उभिए
जगतमा आपत् कहिले कोरोना भएर आयो
उनी फेरि उभिए
त्यो बेला पनि उनी अस्पताल भएर उभिए
डाक्टर भएर उभिए
कहिले हेल्पर भएर उभिए
उनी भरोसा भएर उभिए
युद्धमा आपत् खारा बनेर आयो
गणेशपुर भएर आयो
उनी पिली बनेर उभिए
विजयको गणतन्त्र बनेर उभिए
धर्तीमा आपत् लोडसेडिङ भएर आयो
उनी उज्यालो भएर उभिए
सिंहदरबारका भित्ताहरूमा गाउँ र किसानका तस्बिर सजाएर उभिए
उनी इमानको घोडा चढेर सतिसाल झैँ उभिए
वर्गीय मायाको पहाड बोकेर उनी सतीसाल झैँ उभिए
त्यो उभिने मान्छे
त्यो उज्यालो भएर उभिने मान्छे
त्यो जित बनेर उभिने मान्छे
त्यो जनार्दन शर्मा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण