विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते
बुधबार, २० मङ्सिर २०८०, १५ : १९
विराटनगर । विराटनगर–७ मा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।
विराटनगर ७ को सातघुम्तीमा रहेको गोदाममा आगलागी भएको हो । आगलागीमा परी घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा विराटनगर महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी हुनुको कारण भने खुलेको छैन ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले घाइतेमध्ये चार जनाको उपचार विराटनगरस्थित न्यूरो हस्पिटल र एक जनाको कोशी अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण