शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते

बुधबार, २० मङ्सिर २०८०, १५ : १९
बुधबार, २० मङ्सिर २०८०

विराटनगर । विराटनगर–७ मा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते भएका छन् । 

विराटनगर ७ को सातघुम्तीमा रहेको गोदाममा आगलागी भएको हो । आगलागीमा परी घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा विराटनगर महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी हुनुको कारण भने खुलेको छैन ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले घाइतेमध्ये चार जनाको उपचार विराटनगरस्थित न्यूरो हस्पिटल र एक जनाको कोशी अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप