सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ समिति बैठक

एनसेलको सेयर खरिद बिक्री रोक्न लेखाको निर्देशन, प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय

बुधबार, २० मङ्सिर २०८०, २३ : ०२
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन दिएको छ । यस सम्बन्धमा समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय समेत गरेको छ । 

बुधबार बसेको समितिको बैठकले एनसेल सेयर विक्री प्रकरणमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी गराउनुपर्नेमा प्रारम्भमा जानकारी नगराई अहिले आएर जानकारी गराउँछु भनेकाले पनि कानुनी व्यवस्थाको परिपालना नगरिएको ठहर गरेको छ ।

‘सेयर खरिद विक्री अवास्तविक, अविश्वसनीय र अपारदर्शी तवरमा न्यून मूल्याङ्कनमा खरिद विक्री गरिनु, नेपाल बाहिर सेयर खरिद विक्री वा हक हस्तान्तरण गरी नेपाल सरकारलाई प्राप्त हुनुपर्ने पुँजीगत लाभ, स्वामित्व हस्तान्तरण र करहरू प्रभावित गर्न खोजिनु, ६ वर्षपछि सरकारको मातहतमा आउनेमा अनिश्चितता थप्नुले उक्त कारोबार संशयपूर्ण र अपारदर्शी देखिन्छ’, समितिको ठहर छ । समितिले यस विषयमा विस्तृत अनुसन्धान गरेर निष्कर्षमा पुग्नुपर्ने भएकाले निष्कर्षमा नपुग्दासम्म सेयर खरिद बिक्री रोक्न तथा यसबारे वास्तविकता पहिचान गर्न ३० दिनभित्र कार्यसम्पादन गर्नेगरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

साथै समितिले एनसेलको सेयर खरिद बिक्रीबारे भएका प्रक्रिया ४८ घण्टाभित्र सार्वजनिक गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले दूरसञ्चार सम्बन्धी कानुन संशोधनका लागि आउँदो संसद अधिवेशनमा विधेयक पेश गर्न पनि निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप