चितवन राष्ट्रिय निकुञ्जमा देखियो दाह्रा नभएको भाले हात्ती, सतर्कता अपनाउन आग्रह
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) देखापरेको छ । निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ । बथान छोडेर आएका हात्तीले समाजमा क्षति पु¥याउन सक्ने उनले बताए । हात्ती देखिएपछि निकुञ्ज प्रशासनले नियमित घाँस दाउरा गर्न जाने र अन्य काममा निकुञ्ज र सामुदायिक वन क्षेत्रमा जाने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
अहिले यो हात्ती निकुञ्जको जनकपुर पोष्ट क्षेत्रमा देखिएको भन्दै निकुञ्जले कुमरोज मध्यवर्ती सामुदायिक वनमा उपभोक्तालाई एक्लो हात्तीदेखि नजिस्किन आग्रह गरेको उनले बताए ।
उनले भने, “समूहमा आएका हात्तीभन्दा बथान छोडेर आएका हात्ती खतरनाक हुन्छन् । सबैले सावधानी अपनाउनुपर्छ ।” मकुना कोशी टप्पुबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै चितवन राष्ट्रिय निकुञ्ज आइपुगेको अनुमान गरिएको छ । बथान छोडेर आएको हात्ती अरुभन्दा उग्र हुने हुँदा बस्ती पस्ने, क्षति गर्नेलगायतका काम गर्नसक्ने उनको भनाइ छ ।
निकुञ्जका अनुसार बथान छोडेर आएका योसमेत चार वटा हात्ती यहाँ रहेका छन् । रोनाल्डो, ध्रुवे र गोविन्दे यसअघि आएका थिए । यी हात्तीले समय समयमा बस्तीमा पसी आतङ्क मच्चाउने गरेको तिवारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण