राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञको अभाव
बुधबार, २० मङ्सिर २०८०, २० : १६

बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बाल रोग विशेषज्ञ नहुँदा बच्चाहरूको उपचारमा समस्या भएको छ ।
करिब ६ महिनादेखि बाल रोग विशेषज्ञ नहुँदा प्रतिष्ठानमा बालबालिकाको जटिल उपचारका लागि बुटवल, नेपालगन्ज धाउनु परेको स्थानीयको गुनासो छ ।
अहिले बच्चाको उपचारका लागि एनआईसीयु, पीआईसीयुको सुविधा भए पनि विशेषज्ञ चिकित्सक नहुँदा उपलब्धिविहीन भएको छ ।
दाङ, लमहीका यादव थारुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ नभएकै कारण आफूले बच्चालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको बताए ।
प्रतिष्ठानका प्रवन्धक राजेन्द्र न्यौपानेले बाल रोग विशेषज्ञ ल्याउन पहल भइरहेको रातोपाटीलाई बताए । उनले पुस १ गते हाजिर हुने गरी विशेषज्ञ डाक्टर ल्याउने तयारी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश
-
प्रेस युनियनको आयोजनामा शनिबारदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने
-
विपक्षी दलकै धारणा छरपस्ट, रास्वपा प्रतिपक्षीभन्दा सरकारसँग नजिक
-
भारतका लागि समर्थन खोज्न भगतसिंह आएकै बेला के–के भयो नेपालमा ?
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव