राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञको अभाव
बुधबार, २० मङ्सिर २०८०, २० : १६
बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बाल रोग विशेषज्ञ नहुँदा बच्चाहरूको उपचारमा समस्या भएको छ ।
करिब ६ महिनादेखि बाल रोग विशेषज्ञ नहुँदा प्रतिष्ठानमा बालबालिकाको जटिल उपचारका लागि बुटवल, नेपालगन्ज धाउनु परेको स्थानीयको गुनासो छ ।
अहिले बच्चाको उपचारका लागि एनआईसीयु, पीआईसीयुको सुविधा भए पनि विशेषज्ञ चिकित्सक नहुँदा उपलब्धिविहीन भएको छ ।
दाङ, लमहीका यादव थारुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ नभएकै कारण आफूले बच्चालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको बताए ।
प्रतिष्ठानका प्रवन्धक राजेन्द्र न्यौपानेले बाल रोग विशेषज्ञ ल्याउन पहल भइरहेको रातोपाटीलाई बताए । उनले पुस १ गते हाजिर हुने गरी विशेषज्ञ डाक्टर ल्याउने तयारी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण