अब राजनीतिक दल विकास निर्माणमा लाग्नुपर्छ : अध्यक्ष ओली
बागलुङ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका यात्राका क्रममा बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास विस्तारै विकटका ठाउँसम्म पुगेको बताए ।
अहिलेसम्म विकासले नजोडिएका ठाउँमा तत्काल जोड्नतर्फ लाग्नुपर्ने भन्दै अब गाउँलाई प्रविधिसँग जोड्न जरुरी रहेको उनले बताए। अहिलेको सरकारले एमालले खबरदारीसँगै रचनात्मक सहयोगसमेत गर्दै आएको अध्यक्ष ओलीले बताए। एमालेले नेपाली जनताको हरेक दुःखमा साथ दिँदै आएको भन्दै बाढी पहिरो होस् या भूकम्प हरेक विपद्का पीडितको पीडामा मलम लगाउने काम गरेको बताए ।
अघिल्लो महिना गएको भूकम्पका कारण घरबारविहीन भएका जाजरकोट र रुकुम पश्चिममा एमालेले मङ्सिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको र आठ सय बढी अस्थायी घर निर्माण गरी हस्तान्तरण गरेको उनको दाबी छ ।
अध्यक्ष ओलीले भने, “एमाले जुनसुकै बेला पनि नेपाली जनताको साथमा छ, जनताको पक्षमा छ, अब दलहरुले पार्टीको मात्रै काम गर्ने होइन, विकास र समृद्धिका लागि काम गर्नुपर्छ, मुलुकमा विकासले विस्तारै गति लिँदैछ, अब हरेक ठाउँमा प्राविधिक शिक्षाको पढाइ हुने वातावरण तयार गर्नुपर्छ, गाउँलाई प्रविधिसँग जोडेर समृद्धि हासिल गर्नु जरुरी छ ।”
एमालेले मध्यपहाडको अवस्था बुझेर यहाँको विकासका लागि खाका तयार गर्नका लागि झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका यात्रा थालेको बताए । यात्राका क्रममा धेरै ठाउँका विकास हुँदै गएको देखेको अध्यक्ष ओलीको भनाइ छ ।
मङ्सिर १४ गतेदेखि सुरू भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा एमालेको टोली बुधबार पश्चिम बागलुङ आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण