आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा भूकम्पमा ज्यान गुमाएकी उपप्रमुख सिंहको परिवारलाई दाबी भुक्तानी

बुधबार, २० मङ्सिर २०८०, २० : २५
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जाजरकोट शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ । जाजरकोट भूकम्पमा परी मृत्यु भएकी नलगाड नगरपालिका कि उप-प्रमुख सरिता सिंहको परिवारलाई ५ लाख ४० हजार रुपैयाँ बिमा दाबी रकम मंगलबार भुक्तानी गरेको हो । 

उपप्रमुख सरिता सिंहकी दिदी तारा कुमारी शाहीलाई उक्त चेक हस्तान्तरण गरिएको थियो । सो अवसरमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारीले बीमाको पहुँच दूर दराजका बस्तीसम्म पुर्‍याउन पर्ने आवश्यकता रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप