खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउँछ : स्वास्थ्यमन्त्री बस्नेत
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेलकुदले मनस्थितिलाई स्वास्थ बनाउने बताएका छन् । बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई सम्बोधन गर्दै बस्नेतले अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको उल्लेख्य गर्दै खेल क्षेत्र नेपाललाई विश्वसामु चिनाउने अवसर हुने बताए ।
उनले खेलले पर्यटन समेत पर्वद्धन हुने बताए । सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतको रकम समयमै दिनुपर्ने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र खेलाडी र खेल क्षेत्रको भविश्य रहने बताए । आफू पनि खेलाडी रहेको भन्दै उनले जिल्लामा खेलाडी उत्पादन गर्न आफु सदैव साथ रहेको बताए ।
उनले क्रिकेट अहिले लोकप्रिय र देशलाई चिनाउन सफल खेल भएको भन्दै अन्य खेल र खेलाडीलाई पनि आ आफ्नो खेलमा अझै मेहनत गरे सफलता प्राप्त गर्न सकिने बताए । उनले राम्रा खेलाडीले बिभिन्न अवसर प्राप्त गर्न थालेकाले अब बिस्तारै खेलाडीको पनि विकास हुने बताए ।
उनले अहिले पैसाकै अभावमा कसैको ज्यान जान गुमाउन पर्ने अवस्था अब नरहने भन्दै खेलाडीको स्वास्थ्य उपचारमा सरकारले सदैव सहयोग गर्ने बताए । कार्यक्रममा बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, भोटेकेशी गाउँ पालिका अध्यक्ष पासाङ नोर्वु शेर्पा ,लिसंखपाखर गाउँ पालिका अध्यक्ष राजु लामा लगायतले खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । तोक्वादो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भन्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण