गाजामा संयुक्त राष्ट्रसंघद्वारा बडापत्रको अनुच्छेद ९९ लागू
गाजा । गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसंघको बडापत्रको अनुच्छेद ९९ लागू गरेका छन् । यो अनुच्छेद संयुक्त राष्ट्र संघको सबैभन्दा महत्त्वपूर्ण प्रावधान मानिन्छ। यस अन्तर्गत संयुक्त राष्ट्र संघका महासचिवले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि कुरालाई सुरक्षा परिषदको ध्यानाकर्षण गराउन सक्छन् ।
यो संयुक्त राष्ट्र बडापत्रको सबैभन्दा शक्तिशाली प्रावधान मानिन्छ । यो अनुच्छेद संयुक्त राष्ट्र संघको इतिहासमा नौ पटक मात्र प्रयोग भएको छ र यो अनुच्छेद दशकौँदेखि प्रयोग भएको छैन ।
संयुक्त राष्ट्र संघले गाजामा युद्धका कारण हुन लागेको मानवीय विपत्तिका बारेमा केही सातादेखि चेतावनी दिँदै आएको छ र यसलाई रोक्न अपिल गर्दै आएको छ । तर अब बुधवार एन्टोनियो गुटेर्रेसले आफ्नो सबैभन्दा शक्तिशाली सङ्कटको सङ्केत जारी गर्दै सदस्यको ध्यानाकर्षण गराएको छ ताकि देशहरू यस संकटमा केन्द्रित हुन् र मानवीय युद्धविराम लागू गर्न सकुन् ।
यूएन काउन्सिलका अधिकांश सदस्य युद्धविरामको समर्थनमा छन् तर इजरायलको नजिकको सहयोगी र संयुक्त राष्ट्र संघमा भिटोको अधिकार भएको अमेरिकाले यो युद्धविरामको समर्थन गर्दैन।
गुटरेसले काउन्सिल सदस्यहरूलाई लेखेका छन्, ‘गाजामा बस्ने सबैजना गम्भीर खतरामा बाँचिरहेका छन्, किनभने गाजाको कुनै पनि ठाउँ अब सुरक्षित छैन ।’ उनले गाजाको सम्पूर्ण स्वास्थ्य प्रणाली ध्वस्त भएको कारण अस्पतालहरू युद्ध भूमिमा परिणत भएको बताएका छन्।
मानिसहरूसँग बाँच्नको लागि आवश्यक चीजहरू पनि छैनन् र यो सबैको बिचमा इजरायलले निरन्तर बमबारी गरिरहेको छ। गुटेरेसले गाजामा सार्वजनिक व्यवस्था पूर्ण रूपमा ध्वस्त हुने बताएका छन् ।
गाजामा जुन प्रकारको विनाश भइरहेको छ, त्यसलाई हेर्दा गाजा पहिलेको जस्तो अवस्थामा फर्किन निकै गाह्रो देखिने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
गुटेर्रेसले आफ्नो पत्रको अन्त्यमा यस सङ्कटलाई बिग्रनबाट रोक्न र अन्त्य गर्न आफ्नो सबै प्रभाव प्रयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी रहेको बताउँदै मानवीय युद्धविरामको लागि आफ्नो आह्वान दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण