सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौँ । सानिमा बैंकको १९ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचामा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
बिहीबार बिहान ११ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।
सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १३३ वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल
-
ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’
-
वैदेशिक रोजगार विभागका महानिर्देशकलाई गणतान्त्रिक मञ्चको ध्यानाकर्षण
-
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?