सुदूरपश्चिम महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
धनगढी । मंसिर २२ देखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी पूरा भएको हो । २०६३ सालदेखि आयोजना हुँदै आएको महोत्सवको यो १७ औँ संस्करण हो ।
शुक्रबार एक कार्यक्रमका बिच प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्नेछन् । संघले बिहीबार पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएको हो ।
संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवमा कृषि, जडिबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी ४ सयको हाराहारीमा स्टल रहेको जानकारी दिए । साथै महोत्सव स्थलमा सुदूरपश्चिमका परिकारसहितका खानाका स्टल रहने व्यवस्था गरिएको उनले बताए ।
महोत्सवमा थारु र रानाथारु समुदायहरुको संस्कृति जर्गेनाको लागि संग्रालयसहितको अलगै थारु गाउँ नै निर्माण गरिएको छ ।
३ करोडको लागतमा आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने तथा करिब ६ लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्रीलाई १० किलोको माला
महोत्सव उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डलाई १० बुँदे मागसहित १० किलोको माला लगाइने आयोजकले जनाएको छ ।
संघले २१ बुँदे मागसहित सुरु गरेको महोत्सवमा हालसम्म झण्डै ११ माग पूरा भएको तथा पूरा हुने क्रममा रहेकाले १० बुँदे मागसहित १० किलोको माला लगाइने संघका महासचिव ओमबहादुर विष्टले जनाए ।
महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५०, सर्वसाधारणलाई रु १ सय टिकट दर र फरक क्षमता भएकालाई निःशुल्क गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण