सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
शुक्रबार, २२ मङ्सिर २०८०, १० : ५१
काठमाडौँ । सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । बुधबार सिरियाको लागि फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १२ औँ डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) सातौँ डफ्फा, इन्जिनियर से.मु. (शान्ति सेना) आठौँ डफ्फा, लेबल १ (+) अस्पताल (शान्ति सेना) पाँचौँ डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) चौँथो डफ्फाका १६२ जना नेपाली शान्ति सैनिकहरू सेनानी नवराज नाथको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड बिमानद्वारा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।
उक्त मिसनमा कार्यरत विभिन्न युनिटहरुका २३८ जना नेपाली शान्ति सैनिकहरू आफ्नो कार्यकाल सम्पन्न गरेर प्रमुख सेनानी महेश कुमार सुवाल बाटाको नेतृत्वमा गएराति नै स्वदेश फिर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण