गाजा युद्धबारे अमेरिकाद्वारा इजरायलको आलोचना
शुक्रबार, २२ मङ्सिर २०८०, १२ : ३९
काठमाडौँ । अमेरिकाले गाजा युद्धबारे इजरायलको आलोचना गरेको छ । आम नागरिकको सुरक्षाका सम्बन्धमा इजरायलले जनाएको प्रतिबद्धता पालना नभएको भन्दै अमेरिकाले आलोचना गरेको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वासिङ्टनमा पत्रकार सम्मेलनका क्रममा भने, ‘सुरक्षित क्षेत्रका बारेमा आम नागरिकलाई प्रस्ट रुपमा सूचित गरिनुपर्छ ।’
उनले गाजामा रहेका सर्वसाधारणलाई खाद्यान्न, औषधिजस्ता आवश्यक वस्तुको आपूर्ति निर्वाध हुनुपर्नेमा पनि जोड दिएका छन् ।
यसैबिच ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनवार्ता गर्दै आम नागरिकको सुरक्षामा जोड दिएको जनाएको छ ।
प्यालेस्टिनी लडाकु समूह हमासका अनुसार विगत दुई महिना यता भएको इजरायली सैन्य कारबाहीमा १७ हजारभन्दा बढी नागरिकको मृत्यु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण