रणवीर कपूरसँग दोहोर्याएर काम गर्न चाहँदैनन् अनुराग कश्यप
नयाँ दिल्ली । रणवीर कपुर र रश्मिका मंदनाको मुख्य भूमिका रहेको हिन्दी फिल्म एनिमलले यतिबेला फिल्म हलमा धमका मच्चाइरहेको छ । संदिप रेड्डी वांगाको यो फिल्मलाई एकातिर मानिसहरूले सराहना गरिरहेका छन् भने अर्कोतिर आलोचना गर्ने पनि त्यति नै छन् । केही दिनअघि मात्रै निर्माता अनुराग कश्यपले एनिमलको आलोचकहरूको मुख बुझिने गरी जवाफ दिएका थिए ।
हालै एउटा अन्तरवार्ता अनुरागले रणवीरबारे दिएको अभिव्यक्तिका कारण फेरि उनी चर्चामा आएका छन् । सो अन्तर्वार्तामा आफूसँग ब्लकबष्टर बनाउने सूत्र नभएको भए रणवीरसँग काम गर्ने बताएका थिए ।
अनुरागलाई सोधिएको थियो– ‘तपाई रणवीरसँग फेरि काम गर्न चाहनु हुन्छ ?’ यसको जवाफमा उनले भने, ‘रणवीर कपुर कलामा माहिर छन् । को उनीसँग काम गर्न नचाहला र ? इन्डस्ट्रीमा सबै निर्माता यस्तो स्टारसँग काम गर्न चाहन्छन्, जोसँग धेरै प्रशंसक छन् ।’ अझ अगाडि उनले भनेका छन्, ‘तपाईँहरूले देखि नै रहनु भएको छ एनिमलमा उनको अभिनयलाई दर्शकहरूले कति मन पराएका छन् । म पनि उनीसँग काम गर्न चाहन्छु, तर मसँग ब्लकबष्टर बनाउने कुनै सूत्र छैन ।’
स्टार सुपरस्टार बनेपछि उनीहरूलाई लिएर एक्सपेरिमेन्ट गर्न नसकिने अनि यस्तो कसैले गर्यो भने स्टार र निर्माता दुवैले दर्शकहरूबाट गाली पाउने पनि उनले बताए । एनिमलमा रणवीरले गरेको अभिनयका लागि अनुरागले जमेर तारिफ गरेका छन् । रिलिज भएको एक हप्ता नबित्दै फिल्मले ५ अर्ब ५० करोड रुपैयाँ कमायो । फिल्मले हिन्दी सिनेमाका लागि बक्स अफिसमा नयाँ रेकर्ड बनाओस् भन्ने आशा पनि अनुरागले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण