सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गर्‍यौँ : गभर्नर अधिकारी

शुक्रबार, २२ मङ्सिर २०८०, १७ : ०६
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । नेपाल नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका छन् । 

शुक्रवार चालु आर्थिक वर्ष २०८०/०८१को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक पछि गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले कात्तिक महिनाको मुद्रास्फीति दर मौद्रिक नीतिको समीक्षामा फेवर हुने भएकाले नीतिगतदर हेरफेर गरिएको बताए । उनले केही दिनमा प्रकाशित हुने वर्तमान अर्थतन्त्रको तथ्यांकका सूचकहरुले पुष्टि हुने बताए । उनले राष्ट्र बैंक मुद्रास्फीति घटाउने विषयमा सचेत रहेको बताए । उनले नीतिगत दर घटाउँदा बैंकहरुमा ऋणको माग बढाउने अपेक्षा रहेको बताए । उनले अहिले बजारमा कर्जाको माग बढाउनुपर्ने भएकोले पनि नीतिगत दरहरू घटाएको बताए । उनले १० देखि १५ हजारसम्मको सानो आकारमा आन्तरिक रेमिटेन्स मात्रै खुलाउने तयारी भएको बताए । 

उनले हुन्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिटेन्स सेवा नै बन्द गरिदिएपछि जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन अप्ठ्यारो हुँदै आएको गुनासो आएकाले सहजिकरण गर्न खोजिएको बताए । उनले राष्ट्र बैंकले अध्ययन गरेर नै नै रेमिटेन्स सेवा बन्द गरेको बताए । उनले सुरुमा १ लाखबाट घटाएर  २५ हजार हुँदै बन्द गर्दा समस्या भएको विभिन्न एजेन्सीले गुनासो गरेकाले खुला गरिएको बताए । 

उनले उनले, ‘राष्ट्र बैंकले १ लाखसम्म आन्तरिक रेमिटेन्स सुविधा थियो तर बीचमा २५ हजार बनायौं । त्यसपछि हामीले शून्य गरौं । शुन्य गर्नुको पछाडि केही अध्ययनहरु थिए । त्यसपछि धेरै सुझाव र अनुरोध पनि छ । तल्लो तहमा पैसा पठाउन समस्या भयो भनेपछि हामीले अध्ययन गरिरहेका छौ । केही विदेशी एजेन्सीहरुले हामीलाई कारोबार गर्न अप्ठ्यारो परो भनेर सुझाव दिएका थिए । हामीले यसमा सीमा तोकेका छैनौँ । अध्ययनपछि निर्धारण हुनेछ । अध्ययन अन्तिम चरणमा पुगेको छ । त्यसबाट प्राप्त सुझावका आधारमा १०–१५ हजारको सीमा राखेर खुलाउने तयारीमा छौँ । घरजग्गा कर्जाको जोखिम भार घटेको सबैमा हो । १५० रहेको घरजग्गा कर्जाको जोखिम भार १२५मा झारेका हौँ । अर्थतन्त्रमा समस्याको सिर्जना आफैँ भएको हो । अर्थतन्त्र लयमा ल्याएर चलायमान बनाउन सबैको सहयोग चाहिन्छ । डिभेन्चरको भोलम ठुलो छ । बजारमा अहिले कर्जाको माग छैन, कर्जाको माग बढ्नका लागि नीतिगत दर घटायौँ,यो तत्कालका लागि मात्रै हो, पछि बजारले एउटा लाइन समातेपछि सधैँ यस्तै नीति रहन्न ।  मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरेका हौँ । केही दिनमा प्रकाशित हुने तथ्यांकले त्यो पुष्टि हुन्छ । मुद्रास्फीति घटेको छ ।’

गभर्नर अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने बताए । उनले राष्ट्र बैंकले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने नीतिगत रूपमा व्यवस्था गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप