सुन तस्करी
त्रिभुवन विमानस्थलबाट बरामद सुन २४ क्यारेटकै भएको पुष्टि
शुक्रबार, २२ मङ्सिर २०८०, १८ : १४
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बरामद सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ । भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन २४ क्यारेटकै भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो ।
भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको छ ।
बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट उक्त सुन बरामद गरिएको थियो । घलेले प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।
चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण