युद्धविरामको लागि सुरक्षा परिषद्को मागलाई अमेरिकाको भिटो, चीन र रुसद्वारा आलोचना
न्युयोर्क । गाजामा इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को मागलाई अमेरिकाले भिटो गरेको छ।
सुरक्षा परिषद्का १३ सदस्यहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेश गरिएको संक्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरे, जबकि बेलायतले भाग लिएन । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले दुई महिना लामो युद्धबाट हुने विश्वव्यापी खतराबारे १५ सदस्यीय परिषद्लाई औपचारिक रूपमा चेतावनी दिन बुधबार दुर्लभ कदम चालेपछि मतदान गरिएको हो।
‘अमेरिकाले इजरायल र प्यालेस्टाइन दुवै शान्ति र सुरक्षामा बस्न सक्ने दिगो शान्तिलाई समर्थन गर्दछ । तर हामी तत्काल युद्धविरामको आह्वानलाई समर्थन गर्दैनौँ। यसले अर्को युद्धको लागि मात्र बीउ रोप्नेछ, किनभने हमाससँग दिगो शान्ति हेर्ने, दुई-राज्य समाधान हेर्ने इच्छा छैन,’ संयुक्त राष्ट्रका लागि उप अमेरिकी राजदूत रोबर्ट वुडले भने।
अमेरिकाको भिटोको चीन र रुसले आलोचना गरेका छन् । बेइजिङले नागरिक जीवनको चिन्ता व्यक्त गर्दै युद्धविरामको मस्यौदालाई समर्थन गर्न अस्वीकार गरेर अमेरिकालाई ‘आत्मविरोधी‘ भएको आरोप लगायो, जबकि रुसले अमेरिकालाई ‘हृदयविहीन’ भन्यो ।
यसअघि संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा ‘हामी विनाशको छेउमा पुगेको’ बताएका थिए । उनले मानवीय त्रासदीले गाजाका सम्पूर्ण जनतालाई ग्रसित गरेको बताए।
उनले गाजामा सार्वजनिक व्यवस्था पूर्णरुपमा ध्वस्त हुने र मानवीय सहायता पूर्णरुपमा रोकिने खतरा रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघको धारा ९९ प्रयोग गरेको स्पष्ट पारेका थिए । उनले इजिप्टमा ठुलो सङ्ख्यामा बसाई सर्ने खतराबारे चेतावनी दिँदै गाजा युद्ध अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिका लागि पनि खतरा भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण