१२ सयौँ खेलमा रोनाल्डोको गोल र एसिस्ट
रियाद । आफ्नो करियरको १२ सयौँ व्यावसायिक खेलमा रोनाल्डोले एक गोल गर्नुका साथै अर्को गोलको लागि अवसर सिर्जना गरेका छन् । शुक्रबार भएको खेलमा अल–नासरले अल–रियादमाथि ४–१ को शानदार जीत हासिल गरेको हो ।
खेलको ३१ औँ मिनेटमा साडियो मानेको क्रसमा गोल गर्दै रोनाल्डोले अल–नासरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा उनले ओटाभिडोका लागि गोलको अवसर सिर्जना गरे ।
दोस्रो हाफमा टालिस्काले दुई गोल थपे । अल–रियादका लागि आन्द्रे ग्रेले दोस्रो हाफमा एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोलमात्र बन्न पुग्यो ।
खेलपछि ३८ वर्षीय खेलाडीले यो कोशेढुंगा पुग्न मद्दत गर्ने सबैलाई धन्यवाद दिँदै आफूमा अझै खेल बाँकी रहेको जिकिर गरे । पोर्चुगिज फरवार्ड साउदी प्रो लिगमा यो सिजन सर्वाधिक गोलकर्ता हुन् । उनले १५ खेलमा १६ गोल गरेका छन् ।
सबैभन्दा धेरै व्यावसायिक खेल खेल्ने कीर्तिमान इंग्ल्याण्डका पूर्व गोलकिपर पिटर सिल्टनको नाममा रहेको छ । उनले १ हजार ३८७ खेल खेलेका छन् ।
रोनाल्डोले स्पोर्टिङका लागि ३१, म्यानचेस्टर युनाइटेडका लागि ३४६, रियल मड्रिडका लागि ४३८, युभेन्टसका लागि १३४, अल–नासरका लागि ४६ र पोर्चुगलका लागि २०५ खेल खेलेका छन् ।
सन् २०२१ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेडका लागि खेल्दा ८ सय करियर गोल पुरा गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले ८५० गोलको कोशेढुंगा पनि पार गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण