बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्रह्मास्त्र पार्ट–२’  मा रणवीरको इन्ट्री

शनिबार, २३ मङ्सिर २०८०, १४ : ४०
शनिबार, २३ मङ्सिर २०८०

मुम्बई । रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र पार्ट–१’ गत वर्ष ९ सेप्टेम्बरमा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । 

अयान मुखर्जीको यो फिल्ममा शाहरुख खान, दीपिका पादुकोण, मौनी रोय पनि देखिएका थिए । यो फिल्म रिलिज भएदेखि नै दर्शकको मनमा ‘ब्रह्मास्त्र पार्ट–२’ लाई लिएर उत्साह छ ।

अब यो फिल्ममा रणवीर सिंह ‘देव’ को भूमिकामा देखिने खबर बाहिरिएको छ । 'देव' फिल्ममा रणवीर कपूरको बुबा हुनेछन्।

‘ब्रह्मास्त्र पार्ट–१ शिवा’ रिलिज भएदेखि नै यस फिल्मको पार्ट–२ को चर्चा थियो । फिल्ममा ‘देव’ को भूमिकाका लागि शाहरुख खान र ऋतिक रोशनको नाम पनि सार्वजनिक गरिएको थियो । 

यति मात्र होइन, रणवीर कपुरको दोहोरो भूमिकाको पनि चर्चा भइरहेको थियो । तर, हालै रणवीर सिंहलाई यो भूमिकाको लागि तय गरिएको छ । 

अहिले निर्माता ‘ब्रह्मास्त्र पार्ट–२’ को स्क्रिप्टमा व्यस्त छन् । फिल्मको छायाङ्कन सन् २०२५ मा सुरु हुने बताइएको छ ।

रणवीर सिंह डन फ्रेन्चाइजको फिल्म ‘डन ३’ मा देखिनेछन् । फरहान अख्तरको निर्देशनमा बन्ने यो फिल्म २०२५ मा रिलिज हुनेछ । 

यसबाहेक रणवीर सञ्जय लीला भन्सालीको फिल्म ‘बैजु बावरा’ मा पनि देखिनेछन् । यस फिल्ममा रणवीरसँग आलिया भट्ट पनि देखिनेछिन् ।

दीपिका ‘ब्रह्मास्त्र पार्ट १’ मा अमृताको भूमिकामा देखिएकी थिइन् । फिल्ममा अमृता ‘शिव’की आमा थिइन् । अब फिल्ममा रणवीर सिंहको प्रवेश पनि पक्का भएको छ । 

चाखलाग्दो कुरा के छ भने यो पहिलो पटक हो जब बलिउडका दुई अफ-स्क्रिन कपल रणवीर कपुर र आलिया भट्ट, रणवीर सिंह र दीपिका पादुकोण एउटै फिल्ममा सँगै देखिनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप