आरती साहको परिवार भन्छ– सर्वोच्चको आदेश आंशिक सफलता तर संघर्ष जारी छ
काठमाडौँ । हत्या भएको भनिएकी आरती साहका परिवारले सङ्घर्षका कार्यक्रम यथावत् रहेको बताएको छ । शनिवार एक विज्ञप्ति जारी साहको परिवारले सङ्घर्षको कार्यक्रम सुरु गरिएको १७७ दिन भइसक्दा पनि सरकारले कुनै चासो र गम्भीरता नदेखाएको प्रति दुःख व्यक्त गर्दै सङ्घर्षका कार्यक्रम यथावत् रहेको जानकारी दिएको हो ।
साहको मुद्दाको सम्बन्धमा सर्वोच्च अदालतको गत बुधवारको आदेशलाई भने सो परिवारले आंशिक र क्षणिक सफलताको रूपमा लिएको बताएको छ । विज्ञप्तिमा आफ्ना मुख्य मागहरूको सम्बोधन अझ बाँकी नै रहेको स्पष्ट पार्दै मुद्दाको अनुसन्धान बिगार्ने र पीडितमाथि कुटपिट र यातना दिने प्रहरीका अफिसरलाई कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘ हाम्रा मुख्य मागहरूको सम्बोधन अझ बाँकी नै रहेको कुरा स्पष्ट पार्न चाहन्छौ । तपाईँ हामी थाहै छ कि हाम्रा मुद्धाहरु भनेको मुद्दाको अनुसन्धान बिगार्ने र हामी पीडितमाथि कुटपिट र यातना दिने नेपाल प्रहरीका अफिसरहरूलाई कारबाहीको माग तथा घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समितिको गठन रहेको छ ।’
सर्वोच्च अदालतले बुधवार साह मृत्यु प्रकरणमा उनको पति मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि मुद्दाको पुर्पक्षको लागि साधारण तारेखमा राख्ने गरी उच्च अदालत जनकपुरबाट असोज १८ गते भएको आदेश बदर गरिदिएको हो ।
जेठ ७ गतेयता साहको परिवार काठमाडौँमा न्यायको माग गर्दै धर्ना दिँदै आएको छ । जेठ ७ गते आरती साहको मृत्यु भएको थियो । आरती साह आफ्नो घर (श्रीमानको घर)मा बेहोस फेला परेपछि जनकपुरस्थित काब्य अस्पतालमा ल्याइएको थियो तर अस्पताल ल्याउँदा उनको निधन भइसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण