सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय सुनुवाइ समितिको बैठक आज, प्रस्तावित न्यायाधीश विरुद्धका उजुरीकर्तासँग छलफल हुने

आइतबार, २४ मङ्सिर २०८०, ०९ : ०८
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तासँग छलफल हुने भएको छ ।

सर्वोच्च अदालतका लागि प्रस्तावित ६  न्यायाधीशविरुद्ध  समितिमा दशवटा उजुरी दर्ता भएको छ । न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजिज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप