ह्वाट्सएपमा आयो भ्वाइस म्यासेज सुन्ने बित्तिकै डिलिट हुने फिचर
काठमाडौँ । एपलाई राम्रो बनाउन म्यासेजिङ एप ह्वाट्सएपले लगातार नयाँ नयाँ फिचर ल्याइरहेको छ । एपले हालै मात्र आफ्नो प्लेटफर्ममा अर्को विशेष फिचर ल्याएको छः भ्वाइस म्यासेज भ्यू वन्स । भ्यु वन्स फिचर एपमा पहिला पनि थियो । सन् २०२१ मा फोटो र भिडियोको लागि यो फिचर ल्याइएको थियो ।
अब भने भ्वाइस म्यासेजमा पनि यो सुविधा आएको छ । अर्थात् तपाईँले एक पटक सुन्ने बित्तिकै भ्वाइस म्यासेज आफैँ डिलिट हुनेछ । भ्वाइस म्यासेजलाई थप ‘प्राइभेट’ बनाउन यो फिचर थपिएको हो । भ्यु वन्स भ्वाइस म्यासेजमा हरियो रंगको लोगो हुनेछ । तपाईँले एक पटक भ्यु वन्स म्यासेज खोलिसक्नु भएको छ भने म्यासेज स्वतः डिलिट हुन्छ । फेरि सुन्न सकिन्न । यस्तो म्यासेजलाई अरुलाई फर्वार्ड गर्न पनि मिल्दैन ।
अरु त अरु पठाउनेले पनि यसलाई अरुलाई पठाउन सक्ने छैनन् । पठाउनै पर्यो भने प्रेषकले म्यासेजलाई दोहोर्याएर रेकर्ड गरेर शेयर गर्नु पर्नेछ । ह्वाट्स एपले भ्वाइस भ्यासेजलाई भ्यू वन्सको लिमिटमा सेट गरिदिएको छ ।
कम्पनीको आधिकारिक ब्लग पोष्टका अनुसार भ्यु वन्सको रुपमा पठाइएको भ्वाइस म्यासेज पठाइएको १४ दिनसम्म मात्रै उपलब्ध हुनेछ । त्यसपछि यो डिलिट हुनेछ । सेन्डरले पनि भ्वाइस म्यासेजलाई पठाएपछि सुन्न सक्दैन । तर, पठाउनु अघि प्रिभ्यु गर्ने अप्शन चाँहि हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण