सांसद कोइरीलाई पक्राउ गर्न माग गर्दै असई थमन विककी पत्नी काठमाडौँमा
काठमाडौँ । निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न माग गर्दै पीडित परिवार काठमाडौँमा आएका छन् । सशस्त्र प्रहरीका दिवङ्गत असई थमन विककी पत्नी शोभा बिक र भाउजू कमला बिक काठमाडौँ आएका हुन् ।
२०७२ भदौ २५ मा महोत्तरीमा उपचारका लागि अस्पताल लैजाँदै गरेका सशस्त्र प्रहरी असई थमन बिकलाई एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए । जलेश्वरको संसारीमाई मन्दिर नजिकै आक्रमणकारीले उनको हत्या गरेका हुन् । सो आन्दोलनको नेतृत्व महोत्तरीको गौशाला नगरपालिका–२ घर भएका लक्ष्मी महतोले गरेका थिए ।
एमालेबाट चुनाव जितेका कोइरीविरुद्ध प्रेम बहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । सो मुद्दामा तारेख गुजारेर उनी फरार छन् ।
राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।
अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरुमा पठाएको छ । तर, अहिलेसम्म कोइरी पक्राउ नपरेको भन्दै पीडित परिवारले उनलाई पक्राउ गर्न माग गरेका छन् । थमनकी भाउजू कमलाले रातोपाटीसँग भनिन्, ‘न्याय खोज्न काठमाडौँ आएका हौँ, न्याय नपाएसम्म फर्किँदैनौँ ।’
थमनका परिवार नेपालगन्ज–२५ शान्तिनगरबाट काठमाडौँ आएर कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीहरूसँग भेटघाट थालेका छन् । प्रधानमन्त्री, उप प्रधान एवं गृहमन्त्री र आईजीपीलाई भेटेर कोइरीलाई पक्राउ गर्न दबाब दिने कमलाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण