राष्ट्रियसभा निर्वाचन : एमाले, माओवादीसहित पाँच दलले गराए दल दर्ता
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबार दिउँसोसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् ।
राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् । आयोगका एक पदाधिकारीका अनुसार नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दल सोमबारसम्म दल दर्ताका लागि आयोग पुगेका छैनन् ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सुचना जारी गरेको थियो । दल दर्ताका मंसिर २९ गतेसम्मका लागि समय दिएको आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण