शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गाजाबाट ६०० भन्दा बढी घाइतेको उद्धार

सोमबार, २५ मङ्सिर २०८०, १४ : ४१
सोमबार, २५ मङ्सिर २०८०

तेल अवीव । इजरायल डिफेन्स फोर्सले गाजामा 'आइरन स्वर्ड्स युद्ध' सुरु भएदेखि करिब ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ ।  

आइतबारदेखि घाइते सैनिकहरूको विवरण आफ्नो वेबसाइटमा अपडेट गरिने पनि सेनाले जनाएको छ।

सेनाको चिकित्सक सहितको विशेष रणनीतिक उद्धार एकाइहरूले गाजा पट्टीबाट उद्धार गतिविधिहरू जारी राखेका छन् । 

उद्धार कार्यको नेतृत्व वायु सेना सहयोग एकाइका सहायक अधिकारीहरूले गर्ने गरेको बताइएको छ । यो एकाइले स्थल र वायु सेनाबिच समन्वयको भूमिका गरिरहेको छ ।-(रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप