महासंघ र संयुक्त ट्रेड युनियनले सहकार्य गर्ने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियन महासंघहरुको प्रतिनिधित्व गर्ने संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबिच सहकार्यको सम्झौता भएको छ । दुवै संस्थाबिच आपसी सम्बन्ध सुमधुर बनाउँदै आपसी सहयोग र सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारीपत्रमा महासंघकातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र केन्द्रकातर्फबाट केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ र महासचिव चिरागमान कुवंरले हस्ताक्षर गरे । रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्धको विकास गर्ने, आपसी सहयोग, उत्पादकत्व वृद्धि, श्रमको सुधार एवं समग्र आर्थिक विकासमा सहकार्य गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।
समझदारीपत्रमा हस्ताक्षरपछि अध्यक्ष ढकालले रोजगारदाता र ट्रेड यूनियनबीचको सम्बन्ध सुधारलाई आफूले महत्व दिँदै आएको बताए । उनले सम्झौता आपसी सम्बन्ध विस्तारमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष श्रेष्ठले श्रम सम्बन्ध सुधार र मुलुकको समृद्धिका लागि रोजगारदाता र ट्रेड युनियनले संयुक्त रुपमा मिलेर अगाडी बढ्ने प्रक्रियाका लागि साझेदारीपत्रमा हस्ताक्षर गरिएको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण