एसीसी यू–१९ एसिया कप : झिनो सम्भावनाबिच आज भारतलाई चुनौती दिँदै नेपाल
काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मङ्गलवार नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै छ । खेल युएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार, बिहान ११ः१५ बजे सुरु हुनेछ ।
आईसीसी एकेडेमीको अर्को मैदानमा सोही समयमा पाकिस्तान र अफगानिस्तानबिच खेल हुनेछ । समूहगत चरणको अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना भने प्राविधिक रूपमा मात्र बाँकी छ ।
नेपाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाललाई अफगानिस्तानले ७३ रनले हराएको थियो । लगातार दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको पाकिस्तान लगभग प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ ।
समूह ‘ए’ मा रहेका चारवटै टोलीले दुई—दुई खेलिसक्दा पाकिस्तान चार अङ्कसहित पहिलो, भारत दुई अङ्कसहित दोस्रो, अफगानिस्तान दुई अङ्कसहित तेस्रो र नेपाल शून्य अङ्कसहित चौथो स्थानमा छन् । नेट रन रेट भने पाकिस्तानको १.५६३, भारतको ०.४५४, अफगानिस्तानको ०.२०३ र नेपालको –२.०२४ रहेको छ ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपालले भारतलाई निकै ठुलोअन्तरले हराउनु पर्ने हुन्छ । त्यसपछि अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई ठुलोअन्तरले पराजित गर्नुपर्ने हुन्छ । मङ्गलवारको खेलसँगै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ ।
समूह ‘ए’ मा हालसम्म पाकिस्तानले मात्र दुवै खेल जितेको छ । पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तानले आफ्नो दोस्रो खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई आठ विकेटले पराजित गरेको थियो । भारतले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।
जारी यू—१९ एसिया कप क्रिकेटलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको तयारीका रूपमा लिइएको छ । यू—१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी ४ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना हुँदै छ ।
नेपाली टोलीले मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै यू—१९ एसिया कपमा स्थान बनाएको थियो । एसीसी यू–१९ प्रिमियर कपमा उपविजेता बनेको यूएई र तेस्रो स्थानमा रहेको जापान पनि यू—१९ एसिया कपमा छनोट भएका थिए ।
यसैगरी नेपाली टोलीले यूएईलाई उसैको घरेलु मैदानमा हराउँदै यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो । यू—१९ विश्वकपमा भने नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण