पोखरा रंगशाला व्यवस्थापनका लागि बल्ल बन्यो समिति
पोखरा । पोखरा रंगशाला भद्रगोल रूपमा चलिरहेको छ । संघ र प्रदेशको टकरावका बीच रंगशालामा संरचनाहरु थपिने क्रम जारी छ । तर यसको सञ्चालन राम्रोसँग हुन नसकेको हो । यसैबीच सञ्चालन र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद्ले हस्तक्षेप गरेको छ । परिषद्ले यसको सञ्चालन र व्यवस्थापन गर्न जिल्ला खेलकुद विकास समितिलाई जिम्मेवारी तोकेको हो ।
सदस्य सचिव श्रीधर शर्मा आफै उपस्थित भएर प्रदेश खेलकुद परिषद्का सदस्य दिलबहादुर गुरुङको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिदिएका छन् । कार्यदलमा परिषद्का सदस्य केशव पाठक, खगेन्द्र क्षेत्री, विनय थापा, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ र सचिव कन्चन थापा सदस्य छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामा सदस्य सचिव छन् ।
कार्यदलको सल्लाहकारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङ, पूर्व सदस्य सचिव तेज बहादुर गुरुङ र भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुलीलाई राखिएको छ । भदौ २८ गते राखेपको बोर्ड बैठकले सातै प्रदेशका खेल पूर्वाधार प्रदेश खेलकुद परिषद्बाट व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
यसअघि रंगशालामा रहेको क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड हटाइएको छ । रंगशाला व्यवस्थापनका लागि कार्यविधि निर्माण हुने र कर्मचारी व्यवस्थापन, सुरक्षा, सरसफाइ लगायत व्यवस्थापन प्रभावकारी बनाउने निर्णय परिषद्ले गरेको सदस्य सचिव शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण