समाचार
आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा
मङ्गलबार, २६ मङ्सिर २०८०, १६ : ४२
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।
उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरे । उनले रातोपाटीसँग भने, ‘आज ४ बजे मन्त्रालयमा आउनु भएको थियो । भोलिको दिनदेखि स्वीकृत हुने गरी राजीनामा पत्र बुझाउनु भएको छ ।’
थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताए । थानीले 'स्वतन्त्र रुपमा बस्न चाहन्छु' भनेपछि आफूले राजीनामा स्वीकृत गरेको उनको भनाइ छ । निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका हुन् ।
थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण