कोशी प्रदेश सरकारले कार्यविधि बनाई २८ प्रजातिका काठ विक्रीका लागि खुल्ला गर्ने
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले वन ऐन कार्यविधि बनाई २८ प्रजातिका काठ विक्रीका लागि खुल्ला गर्ने बताएका छन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ मोरङको विराटनगरमा मंगलबार भएको १६ औँ अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न मन्त्रालय सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री उप्रेतीले चाँडै मन्त्रिपरिषदबाट निर्णय गराई व्यवसायीक उद्देश्यले वन जङ्गलभित्र सडेगलेको, ढलेको काठ निकाल्ने व्यवस्था गर्ने समेत बताए ।
मन्त्रालयका सचिव विशाल घिमिरेले समृद्धिको आधार वन क्षेत्र भएकोले वन पैदावरको उपादकत्वकमा विविधीकरण गर्न व्यवसायीहरुलाई सरकारले सहयोग गर्ने बताए । संघका अध्यक्ष विजयकुमार कार्की, उपाध्यक्ष डिल्लीराम तिम्सिना, पूर्व अध्यक्ष दिनेश सुवेदी, केन्द्रीय सदस्य नारायणकुमार श्रेष्ठ, डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरे लगायतले सरकारी कार्यालयमा कडा प्रजातिका काठको प्रयोग अनिवार्य गर्न र निजी क्षेत्रले वन संरक्षणमा उत्तरदायी भूमिका निभाउनु पर्ने सुझाव दिए ।
सो अवसरमा मन्त्री उप्रेतीले संघका पूर्व सदस्य खगेन्द्रप्रसाद गौतमलाई सम्मान गरे ।अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण