मौलापुरको सम्पूर्ण सरकारी कार्यालयमा ई–हाजिरी सेवा
रौतहट । रौतहटको मौलापुर नगरपालिका भित्र प्रायः सबै सरकारी कार्यालयहरूमा ई–हाजिरी सेवा सञ्चालन गरिएको छ।
मेयर रिना कुमारी साहको सक्रियतामा सम्पूर्ण सरकारी कार्यालयमा गुणस्तरीय सेवा प्रदान गर्न ई–हाजिरीको व्यवस्थापन गरिएको हो। नगरपालिका मातहतमा रहेका सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी, वार्ड कार्यालय , बहुप्रविधिक शिक्षालय, कृषि तथा पशु कार्यालय लगायतका सरकारी कार्यलयहरुमा सफ्टवेयर सहितको ई–हाजिरी मसिन जडान गरिएको हो।
मेयर रिना कुमारी साहले ई–हाजिरी सेवाको मङ्गलवार उद्घाटन पछि कार्यालयहरूलाई हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।
ई–हाजिरी सेवा सञ्चालन भएपछि उक्त कार्यालयका कर्मचारी तथा विद्यालयका शिक्षकहरू सही समयमा आआफ्नो कार्यालयमा उपस्थित भएर व्यवसायीलाई सुलभ सेवा प्रदान गर्ने मौलापुर नगरपालिकाले विश्वास लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण