नेपाल मानव अधिकार चलचित्र महोत्सवमा ‘नो विन्टर होलिडेज’ उत्कृष्ट
काठमाडौँ । राजन कठेत र सुनिल पाण्डेको ‘नो विन्टर होलिडेज’ले उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको छ । मंगलबार साँझ काठमाडौँमा सम्पन्न ११औँ संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ डकुमेन्ट्री नेपालमा पहिलो पटक प्रदर्शन भएको थियो ।
महोत्सवमा सर्ट फिल्मतर्फ आकांक्षा कार्कीको ‘सनाई’ले ‘वेस्ट न्यारेटिभ’ अवार्ड प्राप्त गर्दा उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालका एलएसएम र सहयोगराज अधिकारीको ‘यात्रा’ जित्यो । उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेशनलतर्फको अवार्ड भने स्पेनका जुलेन जुबिटको ‘अ माउण्टेन अफ मेमोरिज’ले हात पारेको छ ।
महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले पाएकी छिन्, भने उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ले पाएको छ । त्यस्तै उत्कृष्ट कथानकका लागि बेलायतको एल्बम एहसासको सर्ट फिल्म ‘येल्ला’लाई र फिचर डकुमेन्ट्रितर्फ सौरभ कान्ति दत्तको ‘फतिम’लाई जुरी मेन्सन अवार्ड प्रदान गरियो ।
महोत्सवमा विश्वभरबाट कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरू देखाइएको थियो । महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए ।
नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डमा ४ दिनसम्म सञ्चालन महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिका अधिकार ः अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरुबीच दुईओटा प्यानल छलफल पनि राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण